सवारी चालक अनुमतिपत्र लिन समस्या

ललितपुर | कोरोना भाइरसका कारण १० महिना बढीदेखि बन्द रहेको चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि भर्खरै खुला गरिए पनि सेवाग्राहीलाई समस्या परेको छ । परीक्षाका लागि अनलाइन फाराम भर्न भनिएको अवस्थामा प्राविधिक समस्या आएपछि सेवाग्राही समस्यामा परेका हुन् ।
बल्ल बल्ल खुलेको फर्ममा पनि समस्या देखिएपछि सेवाग्राहीहरु आक्रोशित भएका छन् । उनीहरुको समस्यालाई ख्याल गर्दै यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरको मरमत थालेको बताएको छ ।
यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरिएपछि लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप ह्त्तै बढेको कारण समस्या आएको एक प्राविधिकले ‘नयाँ विमर्श’ लाई जानकारी दिए ।
उता, विभाग अन्तर्गत ठूलो भ¥याङ कार्यालयले हाल दैनिक तीन सय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरी प्रयोगात्मक परीक्षा शुरु भएको हो । यसरी परीक्षा लिंदा भौतिक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको पनि विभागले जनाएको छ ।
समाचार