राष्ट्रनिर्माताको सम्मान गरौं
नेपाललाई एकीकृत स्वरुप दिने व्यक्तित्व पृथ्वीनारायण शाहको योगदानलाई स्मरा गर्दै गोरखा नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिएको छ । शाहको २९९ औं जन्मजयन्तीमा तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा मनाउन नगरपालिकाले बिदा दिने निर्णय गरेको भनिएपछि त्यसलाई अधिकांशले स्वागतयोग्य निर्णय भनेका छन् । यसैगरी राष्ट्रनिर्माताको योगदानको कदर गर्दै उक्त नगरपालिकाले तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाउने तयारी गरेको छ । यसैगरी पुस २७ गते गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अगाडि अन्तक्र्रिया कार्यक्रम गर्ने पनि नगरपालिकाले जनाएको छ ।
राष्ट्रनिर्माताको योगदानलाई स्मरण गर्दै गोरखा नगरपालिकाले गरेको यो सह्रानीय कार्य स्वागतयोग्य तथा अनुकरणीय पनि छ । पृथ्वीनारायण शाह राष्ट्रिय विभूति पनि हुन् । अहिलेको अवस्थामा उनको योगदानलाई अवमूल्यन गर्नु भनेको पूर्खाहरुको योगदानलाई बेवास्ता गर्नु हो । हालको नेपाल राष्ट्रको जग उनै पृथ्वीनारायण शाहले गरेका हुन् । शाहको दूरदर्शी नीतिका कारण बाईसे र चौबीसे राज्यमा विभक्त मुलुक आजको एकीकृत स्वरुपमा आएको छ । पृथ्वीनारायण शाह र उनका सन्तान दरसन्तानले यो मुलुकको निर्माणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको पाइन्छ । एकीकृत नेपाल नभएको अवस्थामा विदेशीले नेपालका साना राजा रजौटाहरुलाई हराउँदै पूरै नेपाल नै निल्ने अवस्था थियो । त्यस्तो बेलामा पृथ्वीनारायण शाहले सबै राजा रजौटाहरुलाई एकताको सूत्रमा उन्ने कार्य गरेका थिए । उनले गरेको सोही योगदानका कारण अहिले हामीले एकीकृत नेपाल पाएको अवस्था छ ।
पृथ्वीनारायण शाहको योगदान राज्य एकीकरणमा मात्र छैन । उनले त्यो बेला चलाएको शासनशैली पनि अनुकरणीय छ । अहिले पनि उनले त्यो बेला बसालेका कतिपय रितिस्थिति अनुकरणीय छ । उनले त्यो बेला दिएका उपदेशहरुलाई अहिले पनि दिव्यउपदेशका रुपमा लिइन्छ । उनले त्यो बेला लिएका नीतिहरु अहिले पनि नेपालको मात्र नभई कतिपय देशको राज्यव्यवस्था संचालनका लागि उचित देखिएको छ । यस्तो अवस्थामा उनको योगदानको कदर गर्दै सोमबार पर्ने उनको जन्मजयन्ती भव्य रुपमा मनाऔं । उनको योगदानको कदर गरौं ।

समाचार