मन्त्री बोहराको राजीनामा
काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको अनौपचारिक विभाजनका कारण सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै उनले मन्त्री पदबाट राजीनामा दिएको बताए । ओली गुटले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरेको तथा सुदूरपश्चिम प्रदेशमा ओलीइतरको गुटको नेतृत्वमा प्रदेश सरकार रहेका कारण पनि उनले पदबाट राजीनामा गरेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल गुटको बहुमत रहेका कारण पनि उनलाई ओलीको पक्षमा रहेर प्रदेश सरकारमा रहिरहन समस्या भएको बताइएको छ । ओली गुटको समर्थन गर्दैका आएका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले हटाइसकेको अवस्थामा झपटले पनि राजीनामा गरी आफूलाई हटाएको भन्ने अवस्था नदिएका बताइएको छ ।

समाचार