PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने


भक्तपुर | उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपीकृष्ण न्यौपानेलाई सरकारले सोमबार नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा न्यौपानेलाई नियुक्त गरेको हो । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बसोबास गर्दै आएका न्यौपानेलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्ति गरेको हो ।

उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । यसैगरी सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वरप्रसाद खनाल र नारायणप्रसाद बिंडारी रहेका बताइएको छ ।

न्यौपानेलाई खारिएका व्यक्तिका रुपमा लिइन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ तथा नेपाल बार एशोसिएशनमा आवद्ध न्यौपाने नेपाल अटो मोबाइल्स संघ ( नाडा) का महासचिवसमेत भइसकेका व्यक्ति हुन् । गठ्ठाघरस्थित नागरिक ट्रष्ट फण्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध उनी शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत आफूलाई सक्रिय राख्दै आएका व्यक्ति भएको बताइएको छ ।

न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका बताइएको छ । यसैगरी माछापुच्छ्रे« बैंक लि.का सञ्चालक समेत रहेका न्यौपानेसँग चौधरी गु्रपमा महाप्रबन्धकका रुपमा लामो समय कार्य अनुभव रहेकाले उनले उदयपुर सिमेन्ट उद्योगलाई सही ढंगले हाँक्ने आशा उनका सहयात्रीहरुले गरेका छन् ।

Naya Bimarsha

समाचार


सवारी चालक अनुमतिपत्र लिन समस्या

नेकपाको डढेलो देशव्यापी

The Perfect Gift

अमेरिकामा हंगामा, ट्रम्पका समर्थक हिंसामा

विघटनविरुद्ध काठमाडौं कांग्रेस

न्यायाधीश कार्की इजलासमा नबस्ने

नेम्वाङमाथि नैतिक संकट

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने

मन्त्री बोहराको राजीनामा

अमेरिकामा नेपाली चलचित्र देखाइने

मन्त्री त्रिपाठी दल दर्ता गर्दै

गगनले आज भक्तपुर तताउने

संवैधानिक इजलाशमा अब को ?

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |