PDF  मा हेर्नुहोस् || PDF Archive
nayabmiarsha.com
  • मुख्य पृष्‍ठ
  • | हाम्रो बारेमा |
  • | समाचार |
  • | अन्तर्वार्ता |
  • | लेखहरु |
  • | आर्थिक |
  • | खेलकुद |
  • | स्वास्थ्य / शिक्षा |
  • | मनोरन्जन |
  • Post NEWS

हृदयघातको संकेत बुझ्नु राम्रो
हृदयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ । आज सबै ठीकठाक रहेको मानिस भोलि मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको पाइएको छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने नभई यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन् ।

तर, हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्ने चिकित्सकहरुले बताउने गरेका छन् । यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ । त्यसैले यहाँ त्यसको संकेत के कस्तो हुनसक्छ भनी यहाँ उल्लेख गरिएको छ ।

अन्य भागमा पीडा – छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो ।

छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो ।

सास लिन अप्ठ्यारो – सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ ।

पाचनतन्त्रमा गडबडी – पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने – लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ ।

अत्यधिक पसिना – कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो ।

गोडा फुल्ने – मुटुलाई शरीरका अन्य अंगमा रगत पु¥याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो ।

ढुकढुकी बढ्नु – धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस् ।

Naya Bimarsha

समाचार


जलहरी नराख्न अन्तरिम आदेश

अब के होला ?

बारले ग-यो स्वागत

दाहाल-नेपाल समूहका सांसदलाई निर्देशन

दाङमा कांग्रेस प्रवेशी बढे

जसपामा होडबाजी शुरु

पूर्वसांसदको निधनले कांग्रेस मर्माहत

राजीनामाको हल्लामा महान्यायाधिवक्ता

कांग्रेस महाधिवेशनमा हिन्दू राष्ट्रको कुरा

दैला चहार्दै दाहाल-नेपाल

वामदेवलाई चीनले खटाएको आरोप

हृदयघातको संकेत बुझ्नु राम्रो
AmazingCounters.com

© 2017 Naya Bimarsha. All Rights Reserved |