समाचार
भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौं उपत्यकामा रहेका सांसदहरुदलाई जानकारी बिना उपत्यका बाहिर नजान निर्देशन दिएको हो । नेकपाको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकमा २४ गते भित्र प्रतिनिधिसभाको बैठक
दाङ / दाङको एउटै वडाबाट दुई सय बढी मानिस नेपाली कांग्रेसमा प्रवेश गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सो वडामा रित्तो अवस्थामा पुगेको छ । राप्ती गाउँपालिकाको वडा नं. ९ रुपाकोटमा दुई सय १० जनाले नेकपालाई ‘बाइबाइ’ गर्दै अबको दिन कांग्रेसमा विताउने निर्णय गरेका हुन् । त्यसरी प्रवेश गर्नेहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले स्वागत गरेका थिए ।
ललितपुर / तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका बीच करिब एक वर्ष अगाडि एकीकरण भई गठन भएको जनता समाजवादी पार्टीलाई आफ्नो कब्जामा कसरी पार्ने भनी दुवै पक्षका नेताहरुका बीचमा होडबाजी शुरु भएको छ । तात्कालीन राजपाका अध्यक्ष महन्थ ठाकुर र तात्कालीन समाजवादका अध्यक्ष उपेन्द्र यादवका बीचमा होडबाजी भैरहेको तथा त्यसका लागि अन्य नेता कार्यकर्ताहरु क्रियाशील रहेको बताइएको छ ।
चितवन / नेपाली कांग्रेसका पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ । ६६ वर्षीय रानाभाटको चितवनको देवघाटमा मङ्गलवार अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार निधन भएको थियो । चितवनको रत्ननगर नगरपालिका-१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएको थियो । गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका उनको सोही अस्पतालमा
काठमाडौं / महान्यायाधिवक्ता अग्निप्रसाद खरेल राजीनामाको हल्लामा परेका छन् । उनले राजीनामा गरेको हल्ला चलेको अवस्थामा उनले पदबाट राजीनामा नदिएको प्रष्ट पारेका छन् । मंगलबार विहानै केही संचार माध्यमहरुमा राजीनामाको हल्ला आएको भन्दै उनले आफूले राजीनामा नदिएको र दिनुपर्ने अवस्थासमेत नरहेको भन्दै हल्लाको पछि नलाग्न भनेका हुन् । प्रधानमन्त्रीको कानूनी
कास्की / नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा हिन्दूराष्ट्र पुनःस्थापनाको कुरा प्रस्तावकै रुपमा उठ्ने बताइएको छ । पोखरामा आयोजित एक कार्यक्रममा कांग्रेसका नेताहरुले यस विषयलाई प्रमुखतामात्र दिएनन् कि यो प्रस्ताव पारित हुने कुरा पनि नेताहरुले बताएका छन् । पोखरामा आयोजित ‘हिन्दूराष्ट्र पुनःस्थापनामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा नेताहरुले देशलाई जोगाउन र कांग्रेसले आफूलाई राष्ट्रवादी दल हो भन्ने सिद्ध गर्नका लागि कांग्रेसले आफूलाई स्पष्ट रुपमा उभ्याउनुपर्ने बताएका छन् । उनीहरुले कांग्रेस स्पष्ट रुपमा हिन्दूराष्ट्रको पुनःस्थापनाको पक्षमा उभिनुपर्नेमा जोड दिएका छन् ।कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसले सनातन धर्म, संस्कारलाई बेवास्ता गर्न नमिल्ने तथा जनताको
भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह अहिले अन्य दलहरुको दैलो चहार्दै हिंड्न थालेका छन् । प्रतिनिधिसभा पुनस्र्थापित भएपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र उनको समूहलाई सत्ताच्यूत गर्ने मनसाय राखेका दाहाल र नेपालले पहिलो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी नयाँ समीकरण बनाउन आग्रह गरेका छन् ।
भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनबाट रोक्न सक्रिय रहँदै आएको चीनले प्रतिनिधिसभा पुनस्र्थापित भएसँगै तटस्थ बसेका वामदेव गौतमलाई खटाएको चर्चा चल्न थालेको छ । सोही क्रममा गौतमले बिहीबार बिहान पुष्पकमल दाहाललाई भेटेर नयाँ सरकारबारे छलफल गर्दै नेपाली कांग्रेससँग मिलेर सरकार नबनाउन दाहाललाई दबाब दिएको समाचार स्रोतले बताएको छ । गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गर्न सकिने र त्यसबारे छलफल चलाउन दाहालसँग आग्रह गरे पनि अहिलेको अवस्थामा ओलीसँग सहकार्य गर्न नसकिने भनी दाहालले
समाचार